विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव बिहीबारबाट विधिवत सुरु भएको छ ।

पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ । प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो ।

सोही समयलाई पुनः दर्शाउँदै राम र लक्ष्मण बनेका बालकलाई जनकपुर नगरको दर्शन गराइन्छ ।

जानकी मन्दिको प्राङ्गनमा बिहीबार दिउँसो देखि नाचगान र भव्य उत्सव सुरु हनेछ । सोही स्थानमा नगर दर्शन विधि गरिने जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए ।

शुक्रबार दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै शनिबार तेस्रो दिन धनुषायज्ञ गरिन्छ चौँथो दिन आइतबार तीलकोत्सव, पाँचौ दिन सोमबार मटकोर, छैठौ एव विवाहपञ्चमीको मूल दिन मंगलबा। स्वयम्बर र शुभ विवाह र सातौँ दिन बुधबार राम कलेवा गरिन्छ ।

राम कलेवामा जनतीको रुपमा अयोध्याबाट आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरिन्छ ।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमाधामका साथ मनाइने गरिन्छ ।

विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् । प्राचीनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ ।