रविको मुद्दामा एकै दिन पाटन र बुटवल उच्च अदालतमा पेसी

रविको मुद्दामा एकै दिन पाटन र बुटवल उच्च अदालतमा पेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा बिहीबार पेसी तोकिएको छ ।

लामिछानेको मुद्दामा बिहीबार एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा उनको मुद्दामा पेसी तोकिएको छ ।

बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै दिएको निवेदन बुटवल इजलासमा छ भने काठमाण्डको स्वर्णलक्ष्मी सहकारी मुद्दामा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतले गरेको आदेश ७३ नम्बरको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

काठमाण्डु र बुटवलका दुई अदालतमा एकै दिन पेसी तोकिएपछि कानुनी प्रतिरक्षाका लागि कसरी सहभागी हुने भन्ने विषयमा कानुन व्यवसायीहरू छलफलमा छन् ।

यस्तै तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा पनि बिहीबार नै पेसी तोकिएको छ ।

गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले पेसी चढाइएको छ ।