काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करीब स्थिर अवस्थामा देखिएको छ ।
बिहीबार ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करीब स्थिर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो ।
बिहीबार सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।
बुधबार ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको बजारमा बिहीबार कुल ३२८ स्टकको ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ । कुल ६६ हजार ७९ पटकको कारोबारमा किनबेच भएको छ ।
नेप्से घटे पनि कारोबार रकममा सामान्य अंकको वृद्धि देखिएको छ । बिहीबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सिन्धु विकास बैंकको शेयर पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बिहीबार बुङ्गल हाइड्रो पावरको शेयर सबैभन्दा बढी ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सानिमा ग्रोथ फण्डको शेयर पनि ५.७६ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार रकमका आधारमा बुङ्गल हाइड्रो, साहस उर्जा, दरमखोला इनर्जी र माबिलुङ हाइड्रोको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बुङ्गल हाइड्रोको शेयर प्रतिकित्ता ५८९ रुपैयाँको दरले ७ हजार ३३३ कित्ता शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बिहीबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ ।
बिहीबार जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । बिहीबार घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।




प्रतिक्रिया