दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश गरेको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रतिवादीलाई उपस्थित गराउन निर्देशन दिएको छ ।

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनीमाथि ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।