एनपीएलमा चितवनलाई हराउँदै लुम्बिनीको सानदार सुरुआत

एनपीएलमा चितवनलाई हराउँदै लुम्बिनीको सानदार सुरुआत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सानदार सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८ ओभर ३ बलमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीका लागि गुलबुद्धिन नैबले अविजित ४४ रनको धारिलो खेल प्रदर्शन गरे भने कप्तान रोहितकुमार पौडेलले ३९ रन जोडेर जीत सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेले ।

चितवनका रिजन ढकालले २ विकेट लिए भने सोहेल तनवीरले १ विकेट लिन सफल भए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराको ६६ रनको उत्कृष्ट पारी प्रमुख आकर्षण रह्यो । कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, अर्जुन साउदले अविजित १५, देव खनालले १४ र दीपक बोहराले १० रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले ३ विकेट लिए । अभिषेक गौतम र गुलबुद्धिन नैबले २–२ विकेट हात पारे । लुम्बिनीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।