हवाई क्षमता बढाउंदै सेना : एयरवेस निर्माणदेखी ३१ जहाज खरिदको तयारी

हवाई क्षमता बढाउंदै सेना : एयरवेस निर्माणदेखी ३१ जहाज खरिदको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले हवाई क्षमता बढाउने आक्रामक योजना कार्यान्वयनलाई तीब्रता दिएको छ । तत्कालीन प्रधानसेनापति गौरवशम्शेर राणाले बनाएको योजना प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यान्वयन गरिरहेका छन् । हवाई क्षमता बढाउने योजनालाई सेनापति थापाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको सैनिक स्रोतले जनाएको छ ।

सेनाको हवाई सेवा महानिर्देशनालय अन्तर्गत पश्चिम, मध्य र पूर्वी एयरबेस रहेका छन् । हाल सेनाको काठमाडौंमा मध्य ऐयर वेस रहेको छ । देश संघिय संरचनामा गइसकेपछि सेनाले पनि त्यसैअनुसार संरचना निर्माण गरिसकेको छ । हवाई क्षेत्रमा पनि सेनाले सवै प्रदेशलाई समेट्ने गरी एयर वेस निर्माण गर्ने तयारी गरेको हो ।

देशभर समेट्ने गरी सेनाले तीन वटा एयसबेस राख्ने तयारी गरेको हो । सेनाले सुर्खेतमा राख्ने तयारी गरेको पश्चिम एयरबेसले कर्णाली र सुदूपश्चिम प्रदेश, काठमाडौंमा रहेको मध्यले प्रदेश ३, ५ र गण्डकी तथा विराटनगरमा रहेको पूर्वी एयरबेसले प्रदेश १ र २ लाई समेट्नेछ ।

थपिँदै एयरबेस
तीन वटै एयरबेसलाई सुविधा र स्रोतसम्पन्न बनाउन सेनाले हेलिकप्टर थप्ने योजना बनाएको छ । त्यसका लागि सेनाले तत्काल आठ वटा हवाई साधन खरिद प्रक्रिया अगाडि बढाएको छ । हवाई सेवा महानिर्देशनालयका अनुसार सेनाले अमेरिकाबाट लाइट हेलिकप्टर (बेल) एउटा, इटलीबाट अगस्टा (मेडियम हेलिकोप्टर) दुई, रुसबाट एमआई १७ (हेभि) हेलिकप्टर दुई, इन्डोनेशियाबाट मेडियम एयरक्राफ्ट एक र अमेरिकाबाट जहाज दुई वटा गरी आठ हवाई साधन खरिद गर्न लागेको छ ।

भीआईपीदेखि सर्वसाधारणलाई सेवा
सेनाले हवाई सेनालाई प्रभावकारी बनाउन तत्कालै एयरबस थपिरहेको महानिर्देशनालयका एक अधिकारीले बताए । ‘सेनाले अतिविशिष्ट व्यक्तित्व (भीभीआईपी) देखि सर्वसाधारणसम्मलाई सेवा दिनुपर्छ,’ उनले भने, ‘आवश्यकता पर्दा तत्काल सेवा दिन सकियोस् भनेर सेना तयारी अवस्थामा बस्न खोजेको हो ।’ राजनीति गरेर विशिष्ट पदमा पुगेका भीभीआईपी नेतादेखि आकस्मिक उद्दार चाहिने जनतासम्मले सेनाको योजनाबाट लाभ लिन सक्छन् ।

नेपाली सेनाको हवाई महानिर्देशनालयले विशिष्ट व्यक्तिको शीघ्र र सुरक्षित यात्रामा ध्यान दिनुपर्ने ती अधिकारीले बताए । ‘देशमा प्राकृतिक विपद् हुँदा समेत सेनाले उद्दारमा तत्काल सक्रिय हुनुपर्छ । सेना स्रोतसाधन सम्पन्न नभए कसरी उद्दार र राहतलाई प्रभावकारी बनाउन सकिन्छ ?’ उनले भने, ‘सेनाले हेलिकप्टर किन्ने विषयमा कतिपयले उछाल्ने पनि गरेका छन् । सेना स्रोतसाधनले पूर्ण हुँदा भीभीआईपीदेखि सर्वसाधारण सबैका लागि राम्रो हुन्छ ।’

के छ दीर्घकालीन योजना ?
दीर्घकालीन योजना अनुसार सेनाले मध्य एयरबेस काठमाडौंमा १३ वटा हवाई साधन राख्नेछ । भीभीआईपी उडानका लागि चार, पश्चिम एयर बेसका लागि आठ, पूर्वी एयरबेसका लागि चार तथा एभियसन तालिम केन्द्रमा तालिम प्रयोजनका लागि दुई जहाज राखिने महानिर्देशनालयले जनाएको छ ।

सेनाले सात वर्षभित्र १७ वटा हवाई साधन थप्ने योजना बनाएको छ । अमेरिकाबाट अनुदानमा चार, अन्य विभिन्न देशबाट आठ र आगामी पाँच वर्षमा थप पाँच गरी हवाई साधन खरिद गर्ने योजना छ ।

पूर्व र पश्चिममा एयर बेससहित विक्रम संवत् २०८२ सालसम्म ३१ वटा हवाई साधन पु¥याउने दीर्घकालीन योजना सैनिक जंगी अड्डाले रक्षामन्त्रालयमा पेश गरेको थियो । सेनासँग हाल १२ हेलिकोप्टर र दुई जहाज गरी १४ वटा हवाई साधन छन् । जसमध्ये छ वटा मर्मतमा छन् भने आठ वटा चालू अवस्थामा छन् ।

हवाई क्षमता विस्तार गर्दा नेपाली सेनाको गरीमा समेत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुने एक सैनिक अधिकारीले बताए । ‘अहिले विदेशीसँग युद्धको अवस्था छैन, तर सेनाले हरदम युद्धको तयारीमा बस्नुपर्छ,’ ती अधिकारीले भने, ‘सेना स्रोत साधनसम्पन्न भए मात्रै हामीले दुष्मन सेनालाई तर्साउन र परास्त गर्न सक्छौं । राष्ट्रियताको रक्षाका लागि सेनालाई स्रोतसाधनमा शक्तिशाली बनाउनु पनि आवश्यक हुन्छ ।’