ड्रोनबाट देखिएको पुम्दिकोटको मनमोहक दृश्य (तस्बिरहरू)

ड्रोनबाट देखिएको पुम्दिकोटको मनमोहक दृश्य (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुम्दिकोट पोखरा महानगरपालिका–२२ मा अवस्थित एक पर्यटकीय स्थल हो।

पोखरा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा यसले ख्याती कमाएको छ। त्यसैले दिनहुँ सयौं पर्यटक पुम्दिकोट पुग्ने गरेका छन्।

प्राचीन शक्ति पिठ पुम्दिकोटमा भगवान शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटनधाम बनाउने उद्धेश्यले समाजसेवी चन्द्रकान्त बरालको अगुवाइमा मूर्ति सहितका संरचना बनाइएको हो।

यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ ।

पुम्दिकोट मुन्तिर विश्व शान्ति स्तुप छ। त्यसैले स्तुप र पुम्दिकोट भ्रमणलाई एउटै रुटमा राखेर घुमफिर गर्न सकिन्छ।