छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा ना६ख ४९१७ नम्बरको ट्रकले बाग्मती प्रदेश ०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सितापाइला बस्ने मोरङ विराटनगर घर भएकी ३८ वर्षीया पार्वता लुइँटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१० मालपोत चोकस्थित सडकमा एनएल ०१ एल २४५३ नम्बरको ग्यास बुलेटले बा प्र ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका–३ बस्ने १८ वर्षीया राईना श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अस्पतालमा उपचार भइरहेको छ । बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।