सुर्खेत – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चपुरी नगरपालिका–५ बस्ने ४० वर्षीय महेन्द्र अर्याललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उलाई पञ्चपुरी नगरपालिका–१ बाचकाडाबाट पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया