एनपीएलमा आज विराटनगर र चितवनबीच खेल हुँदै

एनपीएलमा आज विराटनगर र चितवनबीच खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछन्।

विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। यस्तै दुई खेलमा एउटामा मात्र जित निकालेको चितवनको दुई अंक मात्र छ।

लामिछाने सर्वाधिक विकेट लिएर शीर्ष स्थानमा छन्। उनले दुई खेलमा ७ विकेट हात पारेका छन्।

अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तेस्रो स्थानमा छ।
चितवन तालिकाको पाँचौं स्थानमा छ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन्। नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ।

४ खेलमा ४ अंक बनाएको काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा छन्। जनकपुर र पोखराले भने दुईदुई खेल खेल्दासमेत अंक जोड्न सकेका छैनन्।