२७ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचनासहित)

२७ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ ।