काठमाण्डु – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बुधबार इन्डोनेसियासँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ।
इन्डोनेसियास्थित मागुवोहर्जो रंगशालामा स्थानीय समयअनुसार खेल साँझ साढे ७ बजे हुनेछ। नेपाल र इन्डोनेसियाबिचको यो दोस्रो खेल हो।
यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो। जसमा समूह एमा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए। उनले भने, ‘नेपाली टोली शारीरिक र मानसिक दुवै रूपमा तयार छौं, हामी जितका लागि खेल्नेछौं।’
नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थित हुने छैनन्। इन्जुरीका कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा रश्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले जानकारी दिए।
नेपाली टोलीका मुख्य प्रशिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै उपविजेता भएको थियो।
त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो ९सुब्बा० ले गर्ने छिन्। उनले आफ्नो टोली मानसिक रूपमा तयार रहेकोले जित हासिल गर्ने बताइन्। उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन्।
प्रतियोगिता मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया