बीमामा रहेको बेथितिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं :मन्त्री सुधा

बीमामा रहेको बेथितिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं :मन्त्री सुधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधिको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको बेथिति हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

बुधबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधिको व्यवस्थापन, आपूर्ति र बीमा भएको भन्दै ३ वटा कुरालाई प्राथमिकतामा राखेको बताइन् ।

उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरूप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरूप भ्रष्टाचार निर्मुलको लागि प्रतिज्ञा गरेका छौं र हाम्रो प्रणाली सुदृढीकरण गर्नका लागि प्रतिज्ञा गरेका छौं । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिँदै गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधिको व्यवस्थापन, आपूर्ति र बेथितिको पराकाष्टमा रहेको भनेको बीमा हो । यो ३ वटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’

आगामी दिनहरूमा फेरि औषधिको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस् भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि उनले बताइन् ।

बीमाको सन्दर्भमा हाल भएको बीमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमा अध्ययनको क्रम जारी रहेको पनि उनले जानकारी दिइन् ।