काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो ।
बुधबारको खेलमा विराटनगर लगातर चौथो जीत निकाल्ने लक्ष्यमा छ । टीमले ३ खेल खेलेकोमा तीनै खेल जितेको छ ।
चितवन भने दोस्रो जीतको खोजीमा मैदानमा उत्रिँदैछ ।




प्रतिक्रिया