काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सको हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको छ । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जीत हो ।




प्रतिक्रिया