हङकङको हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन, ४४ जनाको मृत्यु

हङकङको हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन, ४४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ ।

ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट आवासीय क्षेत्रमा बुधबार दिउँसो २ः५१ बजे लागेको आगो अहिलेसम्म निभेको छैन।

आगलागीमा परेका २७९ जनाको अवस्था अज्ञात छ भने ६६ जना घाइते भएका छन् । बुधबार दिउँसो २स्५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागी २२ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

बीबीसीका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ भने ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको छ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी, अग्निनियन्त्रक, दमकल र एम्बुलेन्सहरू तैनाथ छन्।

आगलागीको कारण खुल्न सकेको छैन। आगलागी नियन्त्रणका लागि आवश्यक मापदण्ड भवन निर्माण गर्दा नपुर्‍याइएको भनेर तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरू ५२ देखि ६८ वर्ष उमेर समूहका निर्माण कम्पनीका निर्देशक र एक इन्जिनियरिङ परामर्शदाता हुन्।

आगलागी सुरू भएको भवनमा मर्मतसम्भार चलिरहेको थियो।

निर्माण कम्पनीले ज्वनलनशील वस्तुहरू भवनमै छाडेको र त्यहीँबाट आगलागी सुरू भएको भनेर बिबिसीले लेखेको छ।