एनपीएल– २ : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

एनपीएल– २ : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गतको १३ औं खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटीङ गरेको लुम्बिनीले निर्धारित १९.४ ओभरमा १० विकेट गुमाएर १४३ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन, दिलिप नाथले ३१ रन जोडे भने डी आर्सी शर्टले १८, सुमित महर्जनले १८, गुलबदिन नैबले ११, सन्दिप जोराले ७ रन जोडे ।

सुदूरपश्चिमका लागि अभिनाष बोहोराले ३, हरमित सिंहले ३, हेमन्त धामीले २, स्कट कुगेलेइजनले एक विकेट लिए ।