काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) –२ अन्तर्गतको १३ औं खेलमा लुम्बिनीलाई सुदूरपश्चिमले हराएको छ ।
सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले हराएको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले अर्धसतक हाने । उनले ४९ बलमा ५ चौका र ४ छक्का हान्दै ६९ रन जोडे । यस्तै क्रिस लिनले १६ रन जोडे भने आरिफ शेखले ३९ रन बनाए ।
लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान, अभिषेश गौतम र तिलक भण्डारीले समान एक एक विकेट लिए ।
यो सँगै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ भने लुम्बिनीको लगातार तेस्रो हार व्होरेको छ ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटीङ गरेको लुम्बिनीले निर्धारित १९.४ ओभरमा १० विकेट गुमाएर १४३ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन, दिलिप नाथले ३१ रन जोडे भने डी आर्सी शर्टले १८, सुमित महर्जनले १८, गुलबदिन नैबले ११, सन्दिप जोराले ७ रन जोडे ।
सुदूरपश्चिमका लागि अभिनाष बोहोराले ३, हरमित सिंहले ३, हेमन्त धामीले २, स्कट कुगेलेइजनले एक विकेट लिए ।




प्रतिक्रिया