तोलाको साढे दुई लाख पुग्यो सुनको मूल्य

तोलाको साढे दुई लाख पुग्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मूल्य बढेर तोलाको दुई लाख ५० हजार पार गरेको छ।

शुक्रबार सुन तोलामा दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी तीन हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार सुन २२ सय रुपैयाँले बढेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।

यसअघि बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी तोलामा तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो।