कर्णाली ३ विकेटले पराजित, विराटनगरको चौथो जित

कर्णाली ३ विकेटले पराजित, विराटनगरको चौथो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको जित हात पारेको छ ।कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरको यो चौथो जित हो। यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। चार खेलमा तीन जित र एक खेलमा हार भोगेको विराटनगरले आठ अंक बनाएको छ।

एनपीएलमा तेस्रो हार भोगेसँगै कर्णालीकोे एक खेलमा जित र तीन खेलमा हार भोग्दै दुई अंक मात्र छ।

विराटनगरका बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । नारायण जोशीले २५, साम हेजलेटले १६, साहिल पटेलले १९ रन जोडे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुईरदुई विकेट लिए । पवन सर्राफ, नन्दन यादव र विलियम बसिस्टोले समान एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो। दोस्रो विकेटका लागि ओपनर प्रियांक र विलियमले ९६ रनको साझेदारी गरे। प्रियांक ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाउँदा रन आउट भने ।

विलियम ४८ रनमा नटआउट रहे। उनले ४८ बलमा दुई चौका प्रहार गरे। नजिबुल्लाह जड्रान पाँच बलमा एक छक्काको सहयोगमा १२ रनमा अविजित रहे।

विराटनगरका लागि मर्चेन्ट र सन्दीपले एक–एक विकेट लिए।