काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यता काठमाण्डु उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ।
शनिबार बिहान ५ ः ४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । शुक्रबार पनि सोही समयमा उपत्यकाको न्यनूतम तापक्रम ७ डिग्री सेल्सियस नै थियो।




प्रतिक्रिया