पाटन दरबार स्क्वायरमा आजदेखि गाडी चलाउन नपाइने

पाटन दरबार स्क्वायरमा आजदेखि गाडी चलाउन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई शनिबारदेखि भेहिकल–फ्री जोन अर्थात् गाडी निषेधित क्षेत्र बनाएको छ ।

भीडभाड, प्रदूषण र आवाज कम गर्न तथा पैदल यात्रीहरू र सार्वजनिक गतिविधिको लागि थप ठाउँ सिर्जना गर्न गाडीमुक्त क्षेत्र बनाउने गरिन्छ ।

दुई चरणमा यो कार्यक्रम लागु गर्न खोजिएको र यसमा पाटनका स्थानीयबासिन्दाले पनि साथ दिने विश्वास गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताए । पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्म र स्वठ चोकदेखि क्वालखु चोकसम्म गाडी चलाउन निषेध गरिने छ ।

यी क्षेत्रमा शनिबार मंसिर १३ गते, मंपरि १७ र मंसिर २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी प्रवेश निषेध गरिएको छ । यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ ।

यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मङ्गलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ । यो क्षेत्रमा मंसिर पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ । महानगरका मेयर महर्जनका अनुसार पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा गाडी चलाउन निषेध गरिने छ । कार्यक्रमको नाम पाटन पाइला पाइलैमा राखिएको छ ।