काठमाण्डु– बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ ।
कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।
चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् ।
स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायांकन अघि बढाइने निर्माण टिमको भनाइ छ ।




प्रतिक्रिया