काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन ४४२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्च रहेको थियो ।




प्रतिक्रिया