काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाण्डसमा आयोजित एमालेको स्वयं सेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका भोलुन्टियर्सहरुले ६ दिन लामो महाधिवेशनमा लागूपदार्थ सेवन नगरेको दाबी गरेका हुन् ।
ओलीले भने ‘अरु पार्टीका कार्यक्रममा मारमार हुन्थ्यो होला, के के तानेर के के हुन्थ्यो होला, हाम्रा भोल्युन्टर्समा कुनै प्रकारको कुलत भेटिएन ।’
यस्तै उनले बालेन साहलाई लक्षित गर्दै देशका चर्चित युवा नसामा उत्रिएको आरोप लगाए। उनले भने ‘देशका चर्चित भनेका मान्छे नसामा उत्रिन्छन्। चर्चित बनाएका मान्छे नसामा हुन्छन्, ‘हाम्रा युवा त्यस्तो कुनै दुर्व्यसनमा छैनन।’‘मेरो भनाइलाई ईख मानेर (नसा) छोड्नुभयो भने म धेरै खुशी हुन्छु ।’
उनले एमाले स्वयं सेवकलाई स्वयं सेवक भएर काम गरिरहेको वेला पार्टीको प्रचार नगर्न पनि आग्रह गरे।




प्रतिक्रिया