काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई भेट्न ललितपुरको ज्वागल पुगेका छन् ।
मेयर शाहले चुनावी सक्रियता बढाएर विभिन्न व्यक्तिसँग भेटवार्ता गरिरहेको बेला डा. भट्टराई पनि पुगेका हुन् ।
वार्ताका लागि भट्टराई बालेनका सल्लाहकार कुमार बेनको घरमा पुगेका छन् ।
यसअघि बालेनले ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्वसांसद अमरेश कुमार सिंह लगायतसँग भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया