बालेनसँगको भेटपछि बाबुराम: ‘परामर्श दिन आएको हुँ, नयाँ र वैकल्पिक एक हुनुपर्ने पक्षमा छु’

बालेनसँगको भेटपछि बाबुराम: ‘परामर्श दिन आएको हुँ, नयाँ र वैकल्पिक एक हुनुपर्ने पक्षमा छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बोलन’सँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मेयर बालेनले परामर्शका लागि बोलाएकाले भेट्न आएको बताए ।

बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवास पुगेर डा. भट्टराईले मेयर बालेनलाई भेटेका छन् ।

उनले भने, ‘म नयाँ र वैकल्पिक शक्ति सबै एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ । यही विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको हुनाले म आएँ ।’

भेटमा आफूले सबै नयाँ र वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्न बालेनलाई सुझाव दिएको उनले बताए ।

यसअघि बालेनले ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्वमन्त्री अमरेशकुमार सिंह लगायतसँग भेटवार्ता गरेका थिए ।