आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले आफूले चुनाव नलड्ने बताए ।

कांग्रेसको स्थानीय कार्यसमितिले झापा–१ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेकोमा धन्यवाद दिँदै उनले निर्वाचनमा उम्मेदवार नबन्ने बताए ।

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका अग्नि खरेललाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन् । उनले आफू पटक–पटक उम्मेदवार बनिसकेकाले यसपालि उम्मेदवार नबन्ने बताए ।