जनकपुरधाम – जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा हिन्दू समुदायले बंगलादेशमा भएको घटनाविरुद्ध विरोध र्याली निकालेका छन् ।
बिहीबार जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा विभिन्न हिन्दूवादी संघसंस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेका हुन् ।
बंगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बंगलादेश सरकार मुर्दावाद, हिन्दूलाई मार्न पाइँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरूको हुँदै र्याली निकालिएको छ ।
जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राममन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै रामानन्दिय वैष्णव समाजका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बंगलादेश सरकारलाई दिपु साहको हत्यामा संलग्नहरूलाई सजाय दिन नेपालबाट कूटनीतिक पहल गर्न दबाब सिर्जना गर्न आजको विरोध र्याली गरेको जानकारी दिए ।
केही दिनअघि बंगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाइएको थियो । सोहीको विरोधमा नेपालमा निरन्तर बंगलादेशविरुद्ध विरोध तथा प्रदर्शन हुँदै आएको छ ।




प्रतिक्रिया