काठमाण्डु- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो।
भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकी थिइन् ।
शुक्रबार नै पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री नियुक्त गरिएको छ। नयाँ कार्यविभाननसँगै प्रधानमन्त्री कार्कीसँग रक्षा मन्त्रालय मात्र रहेको छ ।
२ साता अघिनै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै आफूले सम्हालिरहेका चार मन्त्रालयमध्ये केहीको कार्यबोझ घटाउने तयारी गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले अधिकांश समय निर्वाचन केन्द्रित गर्ने बताइएको छ।
याे पनि- ४ मन्त्रालयको बोझ घटाउँदै प्रधानमन्त्री, पूरै समय निर्वाचनका लागि दिने





प्रतिक्रिया