काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डुका विभिन्न स्थानमा बिजुली कटौती गर्दैछ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा शनिबार बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रले जनाएको छ ।
काठमाण्डु उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।




प्रतिक्रिया