एनभीए भलिबल : आज चार खेल हुँदै

एनभीए भलिबल : आज चार खेल हुँदै


काठमाण्डु – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा महिला तर्फ चौतारी युथ क्लब र टिपटप हेल्प नेपालले प्रतिस्पर्धा गरिरहेका छन्।

महिला तर्फ हुने दोस्रो खेलमा बिहान ११ बजे एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ। यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र कात्तिके युथ क्लबबीच १ बजे प्रतिस्पर्धा हुनेछ ।

दिउँसो ३ बजे रुकुमपश्चिम भलिबल क्लब र बुढानीलकण्ठ भलिबल टीमबीच प्रतिस्पर्धा हुनेछ।