काठमाण्डु – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्दैछ ।
समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको छ ।
यस्तै कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र शनिबार प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरूको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिवसहितका नेताहरूले ति नामको छोटो सूची तयार गरेका छन्।
बैठकमा विभिन्न नेताहरूले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर आइतबार नै निर्वाचन आयोगमा बुझाउने तयारी छ।




प्रतिक्रिया