काठमाण्डु– आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७० हजार ६सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २७० रुपैयाँले बढेर ४८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च रहेको छ ।




प्रतिक्रिया