काठमाण्डु – महानगरपालिकाका मेयर बालेन शाहले आगामी चुनावमा उम्मेदवार बन्ने े भएपछि उनले महानगर प्रमुख पदबाट राजीनामा दिनु पर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको ७ बुँदे सहमतिमा बालेनलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिने उल्लेख छ । जसअनुसार बालेन अब प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नेछन् ।
बालेनले उम्मेदवार बन्नका लागि महानगरपालिकाको मेयरबाट राजीनामा दिनुपर्छ । उनले राजीनामा दिएसँगै काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि नै स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ ।
फागुन २१ लागि तय प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते राखेको छ । जसअनुसार बालेनले सो मिति अगाडि नै राजीनामा दिनु पर्ने हुन्छ । निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।




प्रतिक्रिया