काठमाण्डु– उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक रुपमा सहकार्य गरेर जान तयार रहेको बताएका छन्।
उज्यालो नेपालको जिल्ला भेलालाई सम्वोधन गर्न पोखरा पुगेका उनले सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने अवस्थामा आफ्नो पार्टी रहेको बताएका हुन् ।
‘उज्यालो नेपाल पार्टी सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेरै अगाडि बढ्ने हो,’ घिसिङले भने वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकभर एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ ।’
जनताले पनि वैकल्पिक शक्ति एक भएर गएको हेर्न चाहेको उनको भनाइ थियो। ‘आजका दिनमा नेपाली जनताले पनि वैकल्पिक शक्ति एक होस, नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ। यसलाई हामी सबैले बुझेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने।




प्रतिक्रिया