पूर्वगृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिने

पूर्वगृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिने


काठमाण्डु – पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन सोमबार मध्यान्ह १२ बजे जान लागेका हुन् ।

पूर्वगृहमन्त्री लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

जेनजी आन्दोलनका बेला ७६ जनाको ज्यान गएको थियो। त्यतिबेला लेखक गृहमन्त्री थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिँदै छ। 

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको छ।