काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ७० हजार ६सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७० हजारमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




प्रतिक्रिया