काठमाण्डु – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ ।
जसपाकी उपाध्यक्ष रेनु यादवले एकताको नेतृत्व गरेकी छन् ।
पार्टी स्रोतका अनुसार अध्यक्ष राई एकीकरणको पक्षमा छैनन तर उपाध्यक्ष यादव भने उनलाई लिएर नै एकता घोषणा गर्ने तयारीमा छन् ।
यदि राईले एकीकरण प्रक्रियामा आएनन् भने उपाध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालसँग सोमबार नै एकता घोषणा हुनेछ ।
उपाध्यक्ष यादव पक्षले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन् । बाँकी रहेका केन्द्रीय सदस्य लिएर उपाध्यक्ष यादवले जसपा नेपालसँग एकता गर्न लागेकी हुन् ।
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।
उपेन्द यादवको जसपा नेपालले आइतबार राति महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग एकता गर्ने सहमति गरेको छ ।




प्रतिक्रिया