बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक (तस्विरहरू)

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक (तस्विरहरू)


काठमाण्डु– नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

यस्तै जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।