काठमाण्डु – फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची बुझाउने समय निर्वाचन आयोगले सोमबार राति १२ बजेसम्मका लागि तोकेको छ ।
राति १२ बजेभित्र कार्यालयमा प्रवेश गरिसकेकाहरूले पनि बन्दसूची बुझाउन सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको बन्दसूची बुझाउन आईतबार र सोमबार समय तोकिएको थियो ।




प्रतिक्रिया