काठमाण्डु – नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ ।
सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरू निर्वाचनको पक्षमा नै रहेको बताउँदै निर्वाचनअघि प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आएमा स्वीकार गर्ने बताए ।
उनले भने, ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौं । आज बन्द सूची बुझाउन पनि आउँदैछौं । केही समयपछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाैं । तर यो बिचमा कुनै न्यायिक फैसलाहरू कुनै ढंगबाट आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौं ।’
नयाँ राजनीतिक दलहरू थपिँदै जानु कांग्रेसको लागि सुखद भएको उनले बताए ।




प्रतिक्रिया