काठमाण्डु– बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । ८० वर्षीया जियाको आज (मंगलबार) बिहान निधन भएको हो ।
खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो ।
सोमबार चिकित्सकहरूले उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताएका थिए। उनलाई लाइफ सपोर्टमा राखिएको थियो, तर उनको उमेर र समग्र रूपमा कमजोर स्वास्थ्य अवस्थाका कारण एकै समयमा धेरै उपचार दिन सम्भव नभएको चिकित्सकहरूले बताएको बीबीसीले जनाएको छ ।
जिया पहिलो पटक बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नीका रूपमा सार्वजनिक भएकी थिइन्। सन् १९८१ मा सैन्य कूका क्रममा उनको हत्या भएपछि जिया राजनीतिमा प्रवेश गरिन् र पछि बीएनपीको नेतृत्वसम्म पुगिन्।
खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।




प्रतिक्रिया