एकैदिन ७ हजार ९ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि भारी गिरावट

एकैदिन ७ हजार ९ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंग्लबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

आज सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ७० हजारमा कारोबार भएको सुन आज आज २ लाख ६२ हजार १ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत पुस १३ गते सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ३०५ रपैयाँले घटेको छ । हिजो ४८९५ रुपैयाँ पुगेर रेकर्ड राखेको चाँदीको भाउ आज ४५९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।