बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दु:ख व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवामा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन् ।

नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा उनले खेलेको भूमिकाका लागि नेपालले उनलाई सधैं सम्झिरहने उल्लेख गरे । शोक सन्देशमा प्रधानमन्त्री कार्कीले दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकी छन् ।