एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा

एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् ।

मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे ।

देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै उनले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन उनीहरूबाट सम्भव नरहेको बताए ।

उनले भने, ‘भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउने कार्य देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेसबाट सम्भव छैन । किनकि उनीहरू नै भ्रष्ट व्यवस्थाका संवाहक हुन् । भ्रष्ट शासकको रूपमा उनीहरू परिचित छन् । नयाँ भनिएका राजनीतिक शक्तिहरूको वैचारिक आधार स्पष्ट छैन । उनीहरू केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको छन् । अहिलेको अवस्थामा पात्र दल वा अनुहार मात्र परिवर्तन गरेर देशको संकट समाधान हुँदैन । पात्र मात्र होइन, बाटो नै परिवर्तन गर्नुपर्छ ।’

देशले अभिलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने दाबी गरेका छन् ।