२४ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

२४ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

हटाइयो दुर्घटनाग्रस्त ग्यास बुलेट


काठमाण्डु – ग्यास बुलेट पल्टिँएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग २४ घण्टापछि सुचारु भएको छ।

निरन्तर ग्यास लिक भइरहेको ट्याङ्कर प्राविधिक टोली परिचालन गरी लिक नियन्त्रणको प्रयास गरेर ६ वटा क्रेन प्रयोग गरी ट्याङ्कर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।

राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहानदेखि ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो। भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान दुर्घटना भएको थियो ।

२१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर समयमै हटाउन हम्मेहम्मे परेपछि यात्रुहरुको बिचल्ली भएको  थियो । २१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर समयमै हटाउन हम्मेहम्मे परेपछि यात्रुहरुको बिचल्ली भएको  थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो। यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए।