काठमाण्डु – नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बुधबार सुन तोलामा एक हजार १ सय रुपैयाँले घटेको हो ।
तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ तोलामा १२० रुपैयाँले घटेको छ । भाउ घट्दा तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा चाँदी कारोवार भइरहेको छ । मंगलबार चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया