सशस्त्र प्रहरीका डीएसपी कोइरालाको हृदयघातबाट मृत्यु

सशस्त्र प्रहरीका डीएसपी कोइरालाको हृदयघातबाट मृत्यु


काठमाण्डु – इलाम पशुपतिनगरमा कार्यरत सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको हृदयघातका कारण निधन भएको छ ।

बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा नियमित गस्ती सकेर कार्यालय फर्किएलगत्तै उनी अचानक अस्वस्थ भएर ढलेकामा अस्पताल पुर्‍याइएको थियो ।

पशुपतिनगर स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि फिक्कल अस्पताल रेफर गरिएको थियो । चिकित्सकहरूले अवस्था अत्यन्त गम्भीर रहेको जनाएपछि मुटुरोग विशेषज्ञ सहितको हेलिकप्टरको व्यवस्था गरिएको थियो ।

फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाण्डुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइएका कोइरालालाई चिकित्सकले बुधबार साँझ करीब ६ बजे मृत घोषणा गरेका छन् । कोइराला करीब १ हप्ताअघि मात्र पशुपतिनगर गुल्मको गुल्मपतिको जिम्मेवारी सम्हालेर इलाम पुगेका थिए ।