काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
५ दिनमा सुनको भाउ ११ हजार रुपैयाँले घटेको छ । गत पुस १३ गते सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय पुगेर नयाँ रेकर्ड राखेको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँ कायम भएको महासँघले जनाएको छ ।




प्रतिक्रिया